भिजन
नेपाली कांग्रेसको सुशासन र समुन्नतिको भिजन

01
सम्मानित भएर बाँच्न पाउने नेपाल
- हरेक नेपालीको स्वतन्त्रता, पहिचान र स्वाभिमान सुरक्षित
- कानुन बमोजिम इच्छा अनुसार पेशा-व्यवसाय र जीवनयापन
- देश तथा विदेशमा कुनै अपमान वा भेदभाव नहुने
- शारीरिक, मानसिक वा लैङ्गिक हिंसाबाट मुक्त
- जात, धर्म, लिङ्ग, वर्ग वा स्थानका आधारमा भेदभाव समाप्त
- आत्मसम्मान र सिर्जनशीलताको साझा घर

02
सपना देख्न सक्ने नेपाल
- प्रगति र उन्नतिको सपना देख्ने देश
- शासन र विकासका सक्रिय साझेदार युवा शक्ति
- स्वदेशमै मर्यादित र आकर्षक अवसर
- विदेशमा बसेका नेपालीको ज्ञान, सीप मातृभूमिमा जोडिने
- फर्कन मन लाग्ने र सुनौलो अवसर देखिने देश

03
सम्पत्ति र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने नेपाल
- लगानी गर्न, उत्पादनमा जोड दिने सबैलाई राज्यको साथ
- साना-ठूला सबै व्यवसायीलाई हरतरहले प्रोत्साहन
- आर्थिक रूपमा पछाडि परेकालाई सक्षम बनाउने
- मेहनतको उचित मूल्य, सामाजिक सुरक्षा र सम्मान
- वैध नाफा प्रोत्साहन, अवैध सम्पत्ति नियन्त्रण
- आर्थिक नैतिकता र सदाचारलाई संस्कृतिका रूपमा प्रवर्धन

04
पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल
- किसान देशको प्रगतिका मुख्य सारथी
- कृषि पेशा बाध्यता होइन, मर्यादित र आधुनिक रोजाइ
- स्वास्थ्यकर खाद्यान्न, बजारमा सहज पहुँच र उचित मूल्य
- कृषि प्रविधि, युवालाई भरोसा र भविष्य निर्माण
- सिंचाइ, मल, बीमा र भुक्तानी व्यवस्थापन
- उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन

05
ओखती र ओत दिने नेपाल
- रोग लाग्दा उपचार र अस्पतालको शुल्कको डरबाट मुक्त
- उपचार नागरिकको नैतिक अधिकार, राज्यको कर्तव्य
- सबै नेपालीले औषधि र अस्पताल सहज पहुँच पाउने
- विकसित देशको स्तरको बीमा प्रणाली
- गर्भावस्था देखि वृद्धावस्थासम्म राज्य संवेदनशील र जिम्मेवार

06
छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
- शिक्षालाई खर्च होइन, सबैभन्दा महत्वपूर्ण लगानी मान्ने
- आर्थिक अभावका कारण कोही गुणस्तरीय शिक्षाबाट वञ्चित नहुने
- बालबालिकाको पूर्ण पोषण सुनिश्चित गरेर सिकाइ क्षमता वृद्धि
- सबै प्रकारको हिंसा र शोषणबाट मुक्त विद्यालय
- प्रि-प्राइमरदेखि विश्वविद्यालयसम्म सृजनशीलता र प्रयोगमा जोड
- विश्वभर प्रतिस्पर्धामुखी युवा निर्माण

07
बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
- आम नागरिकदेखि सतामा रहेकासम्म सबै कानुनको नजरमा समान
- निमुखालाई ऐन, ठुलालाई चैन हुने अवसर समाप्त
- सरकारी सेवा सबैका लागि समान रुपमा खुला
- ज्ञान, ईमान र क्षमता भएका नागरिकलाई मात्र नियुक्त
- प्रविधिको प्रयोगले भ्रष्टाचार र ढिलासुस्ती समाप्त
- घरमै बसेर सेवा पाउने र निर्बाधतापूर्वक प्रश्न गर्न सक्ने
- अदालत, प्रहरी, विश्वविद्यालय जस्ता संस्थामा दण्डनीयकरण अन्त्य

08
मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल
- भाषा, कला, साहित्य, संस्कृति र सभ्यताको समान रूपमा सम्बर्द्धन
- आधुनिकतासँग तालमेल राख्दै आफ्नै पहिचानमा गर्व
- ज्ञान, अर्थतन्त्र र संस्कृति विश्वस्तरमा जोडिएको नेपाल
- जातजाति, भाषा, धर्म, संस्कृति, कला र परम्पराको समृद्ध विविधता

09
विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल
- विश्व समुदायदमा शान्त र प्रतिष्ठित राष्ट्रको रूपमा स्थापित
- समानता र सार्वभौमिक मूल्यमा आधारित परराष्ट्र नीति
- सगरमाथा र बुद्धको देश मात्र होइन, जिम्मेवार सदस्य
- नेपाली राहदानीलाई विश्वले सम्मान गर्ने
- छिमेकी र मित्रराष्ट्रसँग आपसी सम्मानमा आधारित सम्बन्ध

10
समुन्नतिमा लम्कने नेपाल
- उत्कृष्ट, परिणाममुखी, विश्वस्तरको गति र गुणस्तर
- कृषि, पर्यटन, ऊर्जा, आईटी, खेलकुद, यातायातमा सबल विकास
- हिमाल, नदी, वनजंगल भावी पुस्ताका लागि सुरक्षित
- प्रविधि र अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित
- लोकतन्त्र जनजीवनमा प्रत्यक्ष सुधार र उपलब्धिमा केन्द्रित
- जात, धर्म, वर्ग, भूगोल र समुदायको सम्मानजनक भूमिका
- सक्षम, स्वतन्त्र, सम्मानित नागरिक र बलियो राष्ट्रियता