Skip to main content
भिजन

नेपाली कांग्रेसको सुशासन र समुन्नतिको भिजन

01

सम्मानित भएर बाँच्न पाउने नेपाल

  • हरेक नेपालीको स्वतन्त्रता, पहिचान र स्वाभिमान सुरक्षित
  • कानुन बमोजिम इच्छा अनुसार पेशा-व्यवसाय र जीवनयापन
  • देश तथा विदेशमा कुनै अपमान वा भेदभाव नहुने
  • शारीरिक, मानसिक वा लैङ्गिक हिंसाबाट मुक्त
  • जात, धर्म, लिङ्ग, वर्ग वा स्थानका आधारमा भेदभाव समाप्त
  • आत्मसम्मान र सिर्जनशीलताको साझा घर
02

सपना देख्न सक्ने नेपाल

  • प्रगति र उन्नतिको सपना देख्ने देश
  • शासन र विकासका सक्रिय साझेदार युवा शक्ति
  • स्वदेशमै मर्यादित र आकर्षक अवसर
  • विदेशमा बसेका नेपालीको ज्ञान, सीप मातृभूमिमा जोडिने
  • फर्कन मन लाग्ने र सुनौलो अवसर देखिने देश
03

सम्पत्ति र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने नेपाल

  • लगानी गर्न, उत्पादनमा जोड दिने सबैलाई राज्यको साथ
  • साना-ठूला सबै व्यवसायीलाई हरतरहले प्रोत्साहन
  • आर्थिक रूपमा पछाडि परेकालाई सक्षम बनाउने
  • मेहनतको उचित मूल्य, सामाजिक सुरक्षा र सम्मान
  • वैध नाफा प्रोत्साहन, अवैध सम्पत्ति नियन्त्रण
  • आर्थिक नैतिकता र सदाचारलाई संस्कृतिका रूपमा प्रवर्धन
04

पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल

  • किसान देशको प्रगतिका मुख्य सारथी
  • कृषि पेशा बाध्यता होइन, मर्यादित र आधुनिक रोजाइ
  • स्वास्थ्यकर खाद्यान्न, बजारमा सहज पहुँच र उचित मूल्य
  • कृषि प्रविधि, युवालाई भरोसा र भविष्य निर्माण
  • सिंचाइ, मल, बीमा र भुक्तानी व्यवस्थापन
  • उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन
05

ओखती र ओत दिने नेपाल

  • रोग लाग्दा उपचार र अस्पतालको शुल्कको डरबाट मुक्त
  • उपचार नागरिकको नैतिक अधिकार, राज्यको कर्तव्य
  • सबै नेपालीले औषधि र अस्पताल सहज पहुँच पाउने
  • विकसित देशको स्तरको बीमा प्रणाली
  • गर्भावस्था देखि वृद्धावस्थासम्म राज्य संवेदनशील र जिम्मेवार
06

छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल

  • शिक्षालाई खर्च होइन, सबैभन्दा महत्वपूर्ण लगानी मान्ने
  • आर्थिक अभावका कारण कोही गुणस्तरीय शिक्षाबाट वञ्चित नहुने
  • बालबालिकाको पूर्ण पोषण सुनिश्चित गरेर सिकाइ क्षमता वृद्धि
  • सबै प्रकारको हिंसा र शोषणबाट मुक्त विद्यालय
  • प्रि-प्राइमरदेखि विश्वविद्यालयसम्म सृजनशीलता र प्रयोगमा जोड
  • विश्वभर प्रतिस्पर्धामुखी युवा निर्माण
07

बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल

  • आम नागरिकदेखि सतामा रहेकासम्म सबै कानुनको नजरमा समान
  • निमुखालाई ऐन, ठुलालाई चैन हुने अवसर समाप्त
  • सरकारी सेवा सबैका लागि समान रुपमा खुला
  • ज्ञान, ईमान र क्षमता भएका नागरिकलाई मात्र नियुक्त
  • प्रविधिको प्रयोगले भ्रष्टाचार र ढिलासुस्ती समाप्त
  • घरमै बसेर सेवा पाउने र निर्बाधतापूर्वक प्रश्न गर्न सक्ने
  • अदालत, प्रहरी, विश्वविद्यालय जस्ता संस्थामा दण्डनीयकरण अन्त्य
08

मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल

  • भाषा, कला, साहित्य, संस्कृति र सभ्यताको समान रूपमा सम्बर्द्धन
  • आधुनिकतासँग तालमेल राख्दै आफ्नै पहिचानमा गर्व
  • ज्ञान, अर्थतन्त्र र संस्कृति विश्वस्तरमा जोडिएको नेपाल
  • जातजाति, भाषा, धर्म, संस्कृति, कला र परम्पराको समृद्ध विविधता
09

विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल

  • विश्व समुदायदमा शान्त र प्रतिष्ठित राष्ट्रको रूपमा स्थापित
  • समानता र सार्वभौमिक मूल्यमा आधारित परराष्ट्र नीति
  • सगरमाथा र बुद्धको देश मात्र होइन, जिम्मेवार सदस्य
  • नेपाली राहदानीलाई विश्वले सम्मान गर्ने
  • छिमेकी र मित्रराष्ट्रसँग आपसी सम्मानमा आधारित सम्बन्ध
10

समुन्नतिमा लम्कने नेपाल

  • उत्कृष्ट, परिणाममुखी, विश्वस्तरको गति र गुणस्तर
  • कृषि, पर्यटन, ऊर्जा, आईटी, खेलकुद, यातायातमा सबल विकास
  • हिमाल, नदी, वनजंगल भावी पुस्ताका लागि सुरक्षित
  • प्रविधि र अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित
  • लोकतन्त्र जनजीवनमा प्रत्यक्ष सुधार र उपलब्धिमा केन्द्रित
  • जात, धर्म, वर्ग, भूगोल र समुदायको सम्मानजनक भूमिका
  • सक्षम, स्वतन्त्र, सम्मानित नागरिक र बलियो राष्ट्रियता